काठमाडौं। जापानका नयाँ प्रधानमन्त्रीका योसिहिदे सुगाले पदीय जिम्मेवारी सम्हालेका छन्। सुगाले परिचित अनुहारहरू नै सामेल गरेर मन्त्रिपरिषद् पनि गठन गरेका छन्।
मन्त्रिपरिषदमा अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ।
मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु छन्। नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन्।
जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ। जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन्।
यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ।
पूर्व प्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले आजै बिहान सामूहिक राजीनामा दिएका थिए। आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका थिए।
" /> काठमाडौं। जापानका नयाँ प्रधानमन्त्रीका योसिहिदे सुगाले पदीय जिम्मेवारी सम्हालेका छन्। सुगाले परिचित अनुहारहरू नै सामेल गरेर मन्त्रिपरिषद् पनि गठन गरेका छन्।मन्त्रिपरिषदमा अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ।

">