फाइल तस्वीर।
डोटीमा कार्यरत ४० जना सेनामा कोरोना संक्रमण पुष्टि <p>कैलाली। डोटीमा कार्यरत ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।</p> <p>उनले&nbsp;जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जना नेपाली सेनामा संक्रमण देखिएको जानकारी दिए।</p> <p>यसअघि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्