मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु <p>सिरहा।&nbsp;धनगढीमाई नगरपालिका-१ मेदनी पुलस्थित सडकमा को.२२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने खोटाङ हौचुर गाबिस-५ घर भएका ३७ वर्षीय &nbsp;पेशल पाण्डेको मृत्यु भएको छ।</p> <p>दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राउ स्मारक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।&nbsp;</p> <p>दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्