फोटो अभियानको साइट मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ।
उत्कृष्ट पाँच सहभागीले जनही दश हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए।
सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनु पर्नेछ। यसले नेपाली चाडपर्वको विराटतालाई अनुभुति गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ।
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो।
फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो। बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ।
यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो। हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन्।
रासस
" /> फोटो अभियानको साइट मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ।उत्कृष्ट पाँच सहभागीले जनही दश हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए।

">