पाँच जना मृत अवस्थामा फेला
काठमाडौं। उदयपुर, सिन्धुली, तनहुँ, सप्तरी र कञ्चनपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन्।

उदयपुरको रौतामाई गाउँपालिका-७ बस्ने ६० वर्षीया तिलमायाँ पुलामी मगर छौडिया खोलाको किनारमा मृत अवस्थामा फेला परेकी छन्।

सोही ठाउँस्थित मुरकुच्ची बजारबाट घर जाँदै गरेको अवस्थामा खोला तर्ने क्रममा मगरलाई खोलाले बगाएको थियो। त्यसपछि स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा उक्त खोलाको किनारमा उनको शव फेला परेको हो।

सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका-६ स्थित क्यानखोलामा सोही गाउँपालिका–८ बस्ने ३० वर्षीया बिबिमाया थिङ मृत अवस्थामा फेला परेकी छन्।

तनहुँको ब्यास नगरपालिका–१ तारी खोलाको किनारमा सोही नगरपालिका- हाईस्कुलटार बस्ने करिब १८ वर्षीय आकाश रिजाल मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको राजविराज नगरपालिका–१५ मुसहरनियास्थित कोशी पम्प नहरको पुलमा हाल पहिचान नखुलेकी करिब ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।

कन्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्