करेन्ट लागेर ३ बालबालिकाको मृत्यु <p>दाङ।&nbsp;प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१० उत्तर अम्रईस्थित मनठोरीया पानीको कुलोमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन्।</p> <p>अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा करेन्ट लाग्दा ती बालबालिकाको मृत्यु भएको बताइएको छ।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्