काठमाडौं। सामान्यतः घटना लगत्तै प्रहरीलाई सूचना पुग्छ। प्रहरीले घटनामा संलग्नताको आरोपीलाई नियन्त्रणमा लिन्छ। र, अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ। तर, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाको वडा नम्बर-१८ हुर्चिलका धनबहादुर सुगुरपाक मगरको हत्या घटना भने अपवाद बन्यो।
जुन घटनाको रहस्य नै १४ महीनापछि उजागर भएको छ। यति लामो समयसम्म घटना किन बाहिरिएन ? मृतकका आफन्तले किन प्रहरीमा जाहेरी दिएनन् ? १४ महीनासम्म कसरी गुपचुपमा रह्यो घटना ? र, घटनाको कारण के थियो ? हालसम्म अनुत्तरित छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँण घटनाबारे अनुसन्धान भइरहेको र खुल्दै जाने बताउँछन्।
उनी पनि घटना यति लामो सयमसम्म नबाहिरिँदा अचम्मित छन्। उनले केही दिन अगाडि मात्रै धनबहादुर हराएको र खोजतलासका लागि प्रहरीमा मौखिक जानकारी आएको बताए। मौखिक जानकारी दिनेको पहिचान प्रहरीले गोप्य राखेको छ। उनकै श्रीमती ३८ वर्षीया फूलमायाँ सुगुरपाकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मात्रै धनबहादुरको हत्याबारे थप रहस्य खुलेको बताए।
“यति लामो समयसम्म हामीलाई कहीँदेखि उजुरी वा जानकारी केही पनि आएन, ”डीएसपी खाँणले देखापढीसँग भने, “केही दिन अगाडि मात्रै धनबहादुर हराएको र खोजतलासका लागि मौखिक जानकारी भयो। र, उनकै श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाबारे स्वीकारोक्ति भयो।”
फूलमायाँलाई इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले नियन्त्रणमा लिएको हो। सोधपुछ गर्ने क्रममा फूलमायाँले घटनामा ४० वर्षीय मेखबहादुर सुनारी मगरको पनि संलग्नता रहेको खुलाइन्। त्यसपछि मेखबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुबै जनालाई इप्रका गैंडाकोटमा राखिएको छ। उनीहरूविरुद्ध जिल्ला अदालत नवलपुरबाट १० दिनको म्याद थप अनुमति मंगलबार लिएर प्रहरीले अनुसन्धान थालेको छ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा फूलमायाँ र मेखबहादुरले २०७६ असार २० गते राति धनबहादुरको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।
सुतिरहेका बेला संवेदनशील अंगमा हम्मरले प्रहार गरेपछि मुर्छा परेका धनबहादुरको घाँटीमा डोरीले कसेर हत्या गरेको दुबै जनाले स्वीकारेको प्रहरी प्रवक्ता तथा डीएसपी खाँणले बताए।
“उनीहरूले धनबहादुरको हत्या गरेको स्वीकारेका छन् र हामी बाँकी अनुसन्धानमा छौं”, उनले भने, “अनुसन्धानपछि हत्याको कारण र फूलमायाँ–मेखबहादुर सम्बन्धबारे बाँकी कुरा आउन सक्छन्।”
हत्यापछि उनीहरूले सोही रात धनबहादुरको शवको व्यवस्थापन गरेको पनि पक्राउपछि नै खुलेको छ। उनीहरूले सोधपुछको क्रममा धनबहादुरको शव सुन्दरी सामुदायिक वनमा खाल्टो खनेर गाडेको भनेको स्थानमा गएर प्रहरीले उत्खनन् गरी मानव कंकाल निकालेको छ।
कंकाललाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउन लागिएको छ। उनका अनुसार परीक्षणपछि उक्त कंकाल धनबहादुरको हो कि होइन भन्ने यकिन हुनेछ। तैपनि, धनबहादुरको हत्या भने उनीहरूले नै गरेको प्रहरीको निष्कर्ष छ।
आवेगमा आएर भन्दा पनि योजनाबद्ध ढंगले धनबहादुरको हत्या भएको प्रहरी दाबी छ। हत्यापछि शव व्यवस्थापनसम्म गर्नु र यति लामो समयसम्म घटना गुपचुप राख्नुलाई योजनाबद्ध हत्याको रुपमा प्रहरीले लिएको छ।