बलात्कार गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौं। झापा र उदयपुरमा भएका छुट्टाछुट्टै बलात्कारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा झापा हल्दिबारी गाउँपालिका-५ बस्ने २७ वर्षीय सोमनाथ गौतम समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई उनीहरुले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाट बस्ने ४३ वर्षीय सूर्य बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वकर्माले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्