तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
<p>बारा। निजगढ नगरपालिका-७ स्थित सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४० वर्षीय हरि ढुंगानासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उक्त होटलमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक तास सहित पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
