दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ <p>रुपन्देही।&nbsp;बुटवल उपमहानरगपालिका-५ नेपालगंज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट १ थान दुर्लभ वन्यजन्तु जिउदो सालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका-७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली तिनपाटन गाउँपालिका-३ बस्ने ३२ वर्षीय लोक बहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ, सर्लाही हरीओम गाउँपालिका-१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका-१ बस्ने ३५ वर्षीया नेत्रमाया राना रहेका छन्।</p> <p>ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा सालक सहित फेला पारी पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्