अवैध लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं। कन्चनपुरको बेदकोट नगरपालिका-६ लालपुरबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिंह साउद र ३३ वर्षीय कमल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका-१३ स्थित चन्द्रगढी रोडबाट करिब १२ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१५ बस्ने २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका-५ बस्ने शम्भुलाल बसाक रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.१ प ९९७२ नम्बरको मोटरसाइकलमा सवार सोरेनलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

साथै सोरेनसँगै आएका मे.९ प ४९६१ नम्बरको स्कुटरमा सवार बसाकलाई समेत थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
घटनाहरका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्