धादिङ। अरिंगाल पोल्ने क्रममा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका-४ मा अरिंगाल पोल्न जाँदा मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर छन् २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् ।
रुखबाट लड्दा टाउकामा चोट लागी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको हो।
गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। रासस
" /> धादिङ। अरिंगाल पोल्ने क्रममा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।त्रिपुरासुन्दरी गाउँपालिका-४ मा अरिंगाल पोल्न जाँदा मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर छन् २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् ।

">