कैलाली। आइतबार श्राद्धमा खाना खाएकाहरूमध्ये एकजनाको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका-१०, खमौराका सुरेश बोहराको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले श्राद्धमा खाना खाएपछि बिरामी परेकामध्ये बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।
गोदावरी नगरपालिका-१० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एकजनाको मृत्यु भएको र बाँकी १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए।
तीनजनाको नवजीवन अस्पताल र दुईजनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताउँदै बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचार भइरहेको उनकाे भनाइ छ।
सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष इन्चार्ज कृष्णबहादुर बोहराले खाद्य विषाक्तताका कारण उनीहरू बिरामी परेको जानकारी दिए।
बिरामी पर्नेमा अधिकांश बालबालिका छन्।
" /> कैलाली। आइतबार श्राद्धमा खाना खाएकाहरूमध्ये एकजनाको मृत्यु भएको छ।कैलालीको गोदावरी नगरपालिका-१०, खमौराका सुरेश बोहराको मृत्यु भएको हाे।

">