काठमाडौं। भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता परेको चट्याङमा १५ जनाको मृत्यु भएको छ।
समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले ६ जिल्लाका उनीहरूको मृत्यु भएको हो।
चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन्।
बिहारको विपद् व्यवस्थापन विभागका अनुसार गएको सोमबारदेखि आज बुधबार बिहानसम्म चट्याङबाट मृत्यु हुनेको संख्या १५ पुगेको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महीना मात्र चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरू अपनाउन सर्वसाधारणलाई सूचना जारी गरिएको छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँका दरले क्षतिपूर्ति दिने यसअघि नै घोषणा गरेका छन्। रासस/एएनआई
" /> काठमाडौं। भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता परेको चट्याङमा १५ जनाको मृत्यु भएको छ।समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले ६ जिल्लाका उनीहरूको मृत्यु भएको हो।

">