सुरुङ्गा। सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुरू गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार स्थानीय तहमा फुसको छानो फेर्न लागिएको छ।
यसका लागि एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ। विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन्।
सञ्चालित कार्यक्रममध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले बताए।
झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। यो निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ।
त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ। जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई ५० हजार उपलब्ध गराइने भएको छ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तर्गत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ। एक घर निर्माणका लागि तीन लाख ५० हजार प्रदान गरिने र अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए।
दमक र गौरादह नगरपालिकामा ३२/३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८/२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि ४२ करोड खर्च हुने बताइएको छ ।
यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तर्गत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ । रासस
" /> सुरुङ्गा। सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुरू गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार स्थानीय तहमा फुसको छानो फेर्न लागिएको छ।यसका लागि एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ। विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन्।

">