चट्याङ लागेर एक बालिकाको मृत्यु <p>सुनसरी।&nbsp;&nbsp;सुनसरीको देवानगञ्ज गाउँपालिका-६ मा चट्याङ लागेर मंगलबार एक बालिकाको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।&nbsp;</p> <p>खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन्।</p> <p>उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्