काठमाडौं। संसारकै धनीमध्येका एक बिल गेट्सले आगामी वर्षको पहिलो त्रैमासिकमा कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने विश्वास गरेका छन्।
माइक्रोसफ्टका सहसंस्थापक गेट्सले एक समाचार एजेन्सीसँग भने, ‘‘आगामी वर्षको पहिलो त्रैमासिकसम्म कोभिड-१९ विरुद्धको थुप्रैखाले भ्याक्सिन अन्तिम तयारीमा हुने छन्।’’ उनले भ्याक्सिन निर्माणमा भारतको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गरे।
थुप्रै मुलुकमा भ्याक्सिन बनाउने क्रम जारी छ। त्यसमा भारतको सहयोग सबैलाई जरुरी हुने उनको भनाइ थियो। कोरोनाविरुद्धको खोप प्रभावकारी र सुरक्षित हुनुपर्ने उनले बताए।
यसअघि गेट्सले कोरोना महामारी आउनुअघि नै स्वास्थ्य संस्थाहरू कमजोर रहेको बताएका थिए। उनले यही कारण पनि कोरोना संक्रमणका अघिल्तिर सबै कमजोर हुन पुगेको दाबी गरे। हामीले महामारीलाई राम्ररी चिन्न नसकेको उनको भनाइ थियो।
‘‘चीन, जहाँबाट दुनियाँभर कोरोना महामारी फैलियो, सुरुमा त्यस देशले गल्ती गर्यो,’’ उनले भने, ‘‘युरोप-अमेरिकाले भन्दा एसियाका कतिपय मुलुकले यसलाई चाँडै नियन्त्रण गर्न सके, भारत-पाकिस्तानबाहेक।’’
भारत र पाकिस्तान अझै पनि खतरामा रहेको उनको भनाइ थियो। (एजेन्सी)
" /> काठमाडौं। संसारकै धनीमध्येका एक बिल गेट्सले आगामी वर्षको पहिलो त्रैमासिकमा कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने विश्वास गरेका छन्।माइक्रोसफ्टका सहसंस्थापक गेट्सले एक समाचार एजेन्सीसँग भने, ‘‘आगामी वर्षको पहिलो त्रैमासिकसम्म कोभिड-१९ विरुद्धको थुप्रैखाले भ्याक्सिन अन्तिम तयारीमा हुने छन्।’’ उनले भ्याक्सिन निर्माणमा भारतको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गरे।

">