काठमाडौं। बलात्कृत १७ वर्षीया किशोरीको आत्महत्यापछि पक्राउ परेका तीनजना पञ्चहरूलाई सप्तरी प्रहरीले आत्महत्या दुरूत्साहनअन्तर्गत मुद्दा चलाउने भएको छ।
आत्महत्या गर्न बलात्कृत किशोरीलाई दुरूत्साहन गरेको ती पञ्चहरूलाई अभियोग लागेको छ।
प्रहरीले डाकनेश्वरी नगरपालिका–७ का पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई मंगलबार पक्राउ गरेको हो।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र धमलाले पक्राउ परेका उनीहरूविरुद्ध आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान थालिएको बताए।
उनले देखापढीसँग भने, “पञ्चहरूले सोमबार (भदौ २९) गते सोही ठाउँकी बलात्कृत एक किशोरीलाई उजुरी दिन प्रहरीकहाँ जान रोक लगाएको भन्ने छ।”
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार किशोरीले मंगलबार बिहान २ बजे आत्महत्या गरेकी थिइन्। त्यसको अघिल्लो दिन सोमबार बिहान बलात्कृत किशोरीलाई दिउँसो बसेको भनिएको पञ्चायतले प्रहरीकहाँ जान रोक लगाउँदै पीडकहरूबाट ५५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको बताइएको छ।
प्रहरीकहाँ उजुरी दिन जान नपाएको र पीडकहरूबाट ५५ हजार रूपैयाँ क्षतिपूर्तिस्वरूप भराउने पञ्चहरूको निर्णयले थप तनावमा परेकी किशोरीले अन्ततः आत्महत्या गर्न पुगेको प्रहरीले जनाएको छ।
अदालतले आत्महत्या दुरुत्साहन गरेको मुद्दामा पञ्चहरूलाई दोषी ठहर्याएको अवस्थामा पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ।
एसपी धमलाले ती किशोरी घाँस काट्न खेतमा जाँदा सोमबार बिहान बलात्कृत हुन पुगेको बताए।
उनका अनुसार बलात्कारमा संलग्न चारजना रहेको र उनीहरूको खोजतलास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी निरीक्षक सन्तोष खड्का र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट गएको प्रहरी निरीक्षक धर्मराज मुडभरी नेतृत्वको संयुक्त टोलीले घटनास्थलको अनुसन्धान गरेको छ।
टोलीले घटनास्थलबाट किशोरीले बलात्कृत हुनबाट जोगिन गरेका संघर्षका चिन्हहरू, सो क्रममा फुटेका चुराको टुक्रा र मडारिएको धान लगायतका प्रमाण संकलन गरेको सप्तरी प्रहरीले जनाएको छ।
फौजदारी प्रकृतिका मुद्दामा पञ्चायती बसेर निर्णय सुनाउनु कानुनीरूपमा अवैधानिक मानिन्छ। तर, तराई क्षेत्रमा पञ्चायत बसेर निर्णय सुनाउने परम्परा जीवितै छ। जसले आधुनिक र सुधारिएको भनिएको न्याय प्रणालीलाई चुनौती दिँदै आएको छ।
अधिवक्ता टीका तिम्सिनाले बलात्कार जस्ता घटनाको मेलमिलाप गर्न अथवा पञ्चायत बसेर निर्णय सुनाउनु व्यवहारिक र कानुनी दुवै ढङ्गले नमिल्ने बताए। यस्तो परम्पराले पीडकलाई थप प्रोत्साहन र पीडितलाई थप हतोत्साहित तुल्याउने बताए।
“कानुनअनुसार कारबाही नहुँदा पीडकलाई गल्ती महसुस हुँदैन, बरु थप प्रोत्साहन मिल्छ र जघन्य प्रकृतिका अपराध गर्न उक्सिन्छ”, अधिवक्ता तिम्सिनाले भने, “पीडित चाहिँ हतोत्साहित भएर तनावमा पर्ने र अन्ततः डिप्रेसनको शिकार हुँदै आत्महत्यासम्म पुग्ने गरेको देखिन्छ।”
उनले सप्तरीकी बलात्कृत किशोरीको पनि अवस्था त्यस्तै भएको हुन सक्ने बताए।
" /> काठमाडौं। बलात्कृत १७ वर्षीया किशोरीको आत्महत्यापछि पक्राउ परेका तीनजना पञ्चहरूलाई सप्तरी प्रहरीले आत्महत्या दुरूत्साहनअन्तर्गत मुद्दा चलाउने भएको छ।आत्महत्या गर्न बलात्कृत किशोरीलाई दुरूत्साहन गरेको ती पञ्चहरूलाई अभियोग लागेको छ।

">