काठमाडौं। युट्युबमा सार्वजनिक हुने विषयवस्तुबारे जानकार नै हुनुहुन्छ होला। जस्तो खालको विषयवस्तु पनि युट्युबमा पाउँछौं। केही विषयवस्तुले हामीलाई फाइदा नै गर्छ। तर, केही यस्ता विषय पनि हुन्छन्, जसले तपाई हाम्रो मनविज्ञानदेखि सामाजिक समस्या निम्त्याइरहेका छन्।
नेपालको युट्युब ट्रेण्डिङमा पनि त्यस्ता विषय प्रशस्त मात्रामा आउने गरेका छन्। पछिल्लो समय नेपाली युट्युब चलाउनेहरूले व्यक्तिगत घटनालाई समेत प्राथमिकता दिन थालेका छन्।
श्रीमान-श्रीमतीको घरझगडा, बलात्कार भएका घटनामा पीडितलाई भिडिओमा ल्याउने, घरभित्र नै समाधान गर्नुपर्ने थुप्रै विषयवस्तुलाई युट्युबरले प्राथमिकता दिन थालेका हुन्।
उदाहरण : १
श्रीमान दुई वर्षदेखि विदेशमा। यता घरमा श्रीमतीले बच्चा जन्माइन्। बच्चा जन्माएको १३ दिन वितेको थियो। ‘सुर्खेतको आमा छोरा काण्ड’ नेम ट्याग राखेर युट्युबरहरूले छोरासँगको सम्बन्धलाई जोडेर एकाएक भिडिओ भाइरल बनाए। दुवैजनालाई प्रहरीले जसरी प्रश्न सोध्दै आफैं प्रहरी, आफैं न्यायाधीश बनेर अनुसन्धानसमेत गर्न भ्याए।
०००
उदाहरण : २
भक्तपुरमा चारजना बालबच्चालाई छोडेर आमाले अर्कैसँग बिहे गरिन्। जसोतसो जीविका चलाउँदै आएका छोराछोरीलाई लिएर युट्युबरहरू आमाकोमा गए।
आमा र बच्चाहरू भेट हुँदा झगडा भयो। अन्तर्वार्ता लिन गएका युट्युबरले झगडा छुट्याउनुपर्ने अवस्था आयो। त्यसपछि भने युट्युबमा अन्य थुप्रै भिडिओ आए। उनीहरूको घरभित्रै पुगेका युट्युबरले अन्तर्वार्ता लिए र सनसनीपूर्ण शीर्षक दिए। जुन भिडिओ युट्युबको ट्रेण्डिङमा पर्यो।
०००
पछिल्लो समय युट्युब चलाउनेहरू व्यक्तिगत घटनामा बढी केन्द्रित हुन थालेका यी उदाहरणबाट बुझ्न सकिन्छ। त त यिनीहरूले पत्रकार आचारसंहिता पालना गरेका छन् न व्यक्तिगत गोपनियताको नै ख्याल गरेका छन्। उनीहरूलाई ध्यान छ त भ्यूज र डलरको मात्र।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापनरत डा. नीति अर्याल खनाल आर्थिक अवस्था कमजोर भइरहेका तथा शिक्षाको पहुँचमा पुग्न नसकेकाहरू यसको सिकार भइरहेको बताउँछिन्। समाजमा तत्कालीन र दीर्घकालीन गरी दुई खालको असर पर्ने भन्दै उनले युट्युबरलाई पनि राज्यले नियमत गर्नुपर्ने बताइन्।

केही युट्युबरका कारण अहिले सबैलाई एउटै दृष्टिकोणबाट हेर्न थालिएको छ। जसले कानून सम्वत रूपमा चलेका युटयुबरहरूलाई समेत समस्या परेको छ।
केही वर्षदेखि तात्तातो खबर नामक युट्युब सञ्चालन गर्दै आएका भाग्य न्यौपानेले विकृति बढिरहेको स्वीकार गरेका छन्। केही युट्युब च्यानलले व्यक्तिगत घटनालाई प्राथमिकता दिने गरेको भन्दै उनीहरूका कारण आफूलाई समेत समस्या भइरहेको उनले बताए।
यसलाई नियमन गर्ने कानून बनेको खण्डमा आफूलाई सजिलो हुने न्यौपानेको भनाइ छ। “मैले त अहिलेसम्म त्यस्ता खालका भिडिओ बनाएको छैन्। तर, अरूका कारण म पनि त्यही क्षेत्रको भएकाले समस्या हुन्छ। मेरो चाहना भनेको राज्यले नियमन गरोस् भन्ने हो।” उनले भने।
यस्तो खालका भिडिओबाट मानिसको मानसिक स्वास्थ्यमा समस्या पर्छ। आम पाठकले सहज रूपमा बुझ्ने भएकाले हत्या, हिंसा, बलात्कार, यौन, परिवारभित्रको झगडा जस्ता विषयमा बढी चासो हुने गरेको मनोविद् गोपाल ढकाल बताउँछन्।
यस्ता खालका भिडिओबाट बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भन्दै ढकाल भिडिओमा देखाइएका पात्रले पनि मानसिक सँगसँगै सामाजिक समस्या भोग्नुपर्ने बताउँछन्। उनका अनुसार पैसाको स्वार्थका कारण यस्ता खालका विषयवस्तुले बढी प्राथमिकता पाइरहेको छ।
“कुनै विज्ञान, स्वास्थ्य, आर्थिक, समाजिक विषयवस्तु बुझ्न कठिन हुन्छ। र नबुझ्ने विषयमा हाम्रो चासो कम हुन्छ,” ढकालले भने, “त्यही भएर सबैले बुझ्ने तथा हाम्रै वरपर भइरहेका घटनाप्रति पाठकको चासो बढी भएको हो”, ढकालले भने।
युट्युबहरूलाई संगठित गरेर नियमन गर्नका लागि अनलाइन टेलिभिजन पत्रकार संघ खुलेको छ। जसमा अनलाइन टेलिभिजन र युट्यबुरहरू आबद्ध छन्। उनीहरूले स्वनियम पनि बनाएका छन्। त्यस्तै पत्रकार आचारसंहिताभित्र रहेर काम गर्ने समेत प्रतिबद्धता जनाएका छन्।
अब अहिलेको जसरी भ्यूज र डलर कमाउनेगरी अगाडि बढ्ने युट्युबको काम छैन्। उनीहरू आफैं सकिएर जान्छन्। हामीले राज्यलाई दुई किसिमको कानून बनाउन माग गरेका छौं।
संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन मिडियाले मानवीय रूचीका विषयवस्तु उठान गरिहरहेको बताए। केहीले नजानेर र राम्रो भ्यूजका लागि व्यक्तिगत घटनालाई प्राथमिकता दिइरहेको उनको स्वीकार छ।
क्यामेरा र बुम हातमा बोकेर पावरको दुरूपयोगः समाजशास्त्री डा. नीति अर्याल खनाल
युट्युब एक हिसावले सञ्चारको सशक्त माध्यम बनेको छ। मुलधारका मिडियाले नसमातेका वा उठान गर्न नसकेका विषयहरू युट्युबले बाहिर ल्याइरहेका छन्। तर, त्यसरी बाहिर ल्याउँदा सावधानी अपनाउन सकेका छैनन्। यसलाई नियमन गर्नु जरूरी देखिन्छ।
जसको बारेमा समाचार बनाइरहेका छन्, त्यसलाई कहिलेकाही क्षणिक फाइदा पनि दिलाउन सक्छ। जस्तैः कतिपय अवस्थामा दुःख, पीडामा परेका व्यक्तिको भिडिओमार्फत सहयोगी हातहरू पनि अगाडि बढिरहेका छन्। केही हदसम्म त्यो राम्रो पक्ष पनि हो।
तर, पारिवारिक व्यक्तिको जीवनभित्रका कुराहरू नितान्त व्यक्तिगत हो। त्यसलाई निजी नै हुन दिनुपर्छ। तर, युट्युबले घरभित्रैको झगडालाई पनि प्राथमिकता दिँदा विभिन्न खालको असर पर्छ।
विशेषगरी बालबालिका जो, युट्युब भिडिओभित्र समावेश गरिन्छ, यसलाई असर गर्छ। पहिलो कुरा बालबालिकालाई यस्तो खालको भिडिओमा राख्नु गैरकानूनी हो। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र बसेर हेर्दा उनीहरूले अनुमति दिएको खण्डमा पनि भिडिओ खिच्नु, उनीहरू प्रसारित गर्नु, आफ्नो फाइदाका लागि उनीहरूलाई प्रयोग गर्नु बाल अधिकार सम्बन्धित ऐन, कानून तथा सन्धिले पूर्णरूपमा रोक लगाएको छ।

बालबालिकालाई त्यसरी प्रस्तुत गराउँदा उनीहरूमा दीर्घकालीन असर पर्छ। भिडिओमा उनीहरूलाई धेरैले हेर्छन्, त्यसपछि उनीहरू स्कूल जाँदा, समुदायभित्र हुँदा, साथीभाीसँग किसिमको लज्जा तथा हिनताबोधले ग्रसित हुन्छन्।
पारिवारिक दृष्टिकोणले पनि जसलाई भिडिओमा प्रयोग गरिन्छ, उनीहरूको मानसिक तथा सामाजिक विषयमा असर पर्छ। यस्तो खालको भिडिओ विशेषगरी आर्थिक अवस्था कमजोर भएकाबाट नै बनिरहेको छ। धनी वा शिक्षित व्यक्तिको घरमा भिडिओ बनाउने आँट कसैलाई हुदैंन। त्यसले गरीब तथा अशिक्षितलाई भिडिओमा प्रयोग भइरहेको देखिन्छ।
हातमा क्यामेरा बोकेर आफ्नो पावरको दुरूपयोग गर्दै हिंडेका छन्। सबै प्रक्रिया पूरा गरेर कानूनसम्मत चलेकाहरूबाट त्यस्तो खालको गल्ती देखिदैन्। तर, भर्खर सिकिरहेका तथा पत्रकार आचारसंहिताबारे सामान्य जानकारी नै नभएकाले यसको दुरूपयोग गरिरहेका छन्।
अहिले जसरी भारतमा मिडिया ट्रायलको कुरा उठिरहेको छ। नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ। विस्तारै नेपाली मिडिया तथा युट्युबरहरू त्यही दिशाबाट अगाडि बढेको देखिन्छ। यसलाई समयमै नियमन गर्न सकिएन भने भोली झन समस्या हुनसक्छ।
मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्छः मनोविद् गोपाल ढकाल
केही भिडिओ त घर परिवारसँग सामूहिक रूपमा बसेर हेर्नै नमिल्ने खालका छन्। भिडिओका शिर्षक पनि त्यस्तै बनाउँछन्। बढी भ्यूज र डलर कमाउनका लागि उनीहरूले यस्तो गरिरहेका हुन्।
सोसियल लर्निङ अन्तर्गत दर्शकहरूले यस्तामा बढी रूची देखाउँछन्। संसारमा सबैभन्दा बढी रूचीको विषय भने, यौन, हत्या हिंसा, बलात्कार जस्ता घटना नै हुन्। यस्ता खालका विषय आम मानिसले सहज रूपमा बुझछन्। र भ्यूजका लागि पाठकको रूची अनुसारकै भिडिओ बनाउँछन्।
यसरी घरभित्रको कुरालाई बाहिर ल्याउँदा मानसिक स्वास्थ्यमा ठूलो समस्या निम्तिन सक्छ। विशेषगरी बालबालिकामा दीर्घकालीन असर पर्न सक्छ। हामीले कुनै चलचित्र वा भिडिओ हेरेपछि त्यही अनुसार काम गरेको पनि देख्ने र सुन्ने गरेका छौं।
जस्तो की भारतमा टेलिभिजन सिरियल सीआईडी, क्राइम पेट्रोल लगायतका कार्यक्रम हेरेर अपराधहरू बढेको बाहिर आइरहेका छन्। यस्ता खालका भिडिओले त्यही खालका घटना बढाउन सहयोग पुग्छ।
केहीका कारण अन्यलाई पनि समस्या भयोः युट्युब सञ्चालक भाग्य न्यौपाने
जुन विषय बाहिर ल्याउन नहुने हो, त्यस्तै खालका भिडिओ सार्वजनिक भइरहेका छन्। हुन त मुलधारका मिडियाले गर्न नसकेको काम हामीले गरेका छौं। तर, काम गर्ने क्रममा केही साथीहरूले नबुझनेर, नजानेर त्यस्ता खालका भिडिओ कन्टेन्ट दिइरहेका छन्।

हामीले त राज्यलाई पटक-पटक नियमन गर्नुपर्यो भन्दैं आएका छौं। राज्यको ध्यान नजाँदा कानून सम्वत तथा सही तरिकाले अगाडि बढिरहेकालाई पनि समस्या भइरहेको छ।
चाडै स्वआचारसंहिता लगाउँछौंः अध्यक्ष जीवन भण्डारी, अनलाइन टेलिभिजन पत्रकार संघ
अनलाइन टेलिभिजन तथा युट्युबलाई पनि कानूनसम्वत रूपमा अगाडि बढाउन लागिपरेका छौं। युट्युबहरूलाई एकताबद्ध गरेर स्वनियमन बनाउने, आचारसंहिता बनाउने, के-के काम गर्न हुने ? के नहुने ? भनेर स्वआचारसंहिता बनाइरहेका छौं।

जसले पत्रकार आचारसंहिताको पालना गरेर अगाडि बढेको छ, त्यसलाई गल्ती भए/गरेको खण्डमा पनि प्रेस काउन्सिले हेर्छ र त्यही अनुसार कारबाही हुन्छ। जो आचारसंहिता विपरित अगाडि बढिरहेका छन्, उनीहरूमाथि साइबर कानून आकर्षित हुनेगरी कारबाही गर्नुपर्ने हाम्रो माग हो।
संविधान, ऐन, कानूनले दिएको अधिकारको प्रयोग गर्दा आफ्नो कर्तव्य तथा गर्न नहुने कामको बारेमा पनि सबैलाई जानकारी हुनु जरूरी हुन्छ।
केही समयभित्रमा नै हामी आचारसंहिता र स्वनियम बनाएर पालना गर्छौं। जसले पालना गर्दैन, उनीहरूलाई राज्यले कानून अनुसार कारबाही गर्नुपर्छ।
त्यतिमात्र नभएर उनीहरूलाई प्रशिक्षण दिने, तालिम दिने काम पनि गरिनुपर्छ।
" /> काठमाडौं। युट्युबमा सार्वजनिक हुने विषयवस्तुबारे जानकार नै हुनुहुन्छ होला। जस्तो खालको विषयवस्तु पनि युट्युबमा पाउँछौं। केही विषयवस्तुले हामीलाई फाइदा नै गर्छ। तर, केही यस्ता विषय पनि हुन्छन्, जसले तपाई हाम्रो मनविज्ञानदेखि सामाजिक समस्या निम्त्याइरहेका छन्।नेपालको युट्युब ट्रेण्डिङमा पनि त्यस्ता विषय प्रशस्त मात्रामा आउने गरेका छन्। पछिल्लो समय नेपाली युट्युब चलाउनेहरूले व्यक्तिगत घटनालाई समेत प्राथमिकता दिन थालेका छन्।

">