काठमाडौं। पटकपटकको बाढीपहिरोले थिलथिलो बनेको सिन्धुपाल्चोक आज बिहानको भूकम्पको केन्द्रविन्दुसमेत परेपछि पहिरोको जोखिम थपिएको भन्दै सतर्कता बढाइएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भूकम्पपछि पहिरोको सम्भावना झन बढेकोले सुरक्षा निकायलाई अलर्ट गरिएको बताए।
आज बिहानै पहिरोग्रस्त क्षेत्र नजिकैको राम्चे केन्द्रबिन्दु भएर ६ म्याग्निच्युटको भूकम्प गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्भावित पहिरोप्रति सतर्क अवस्थामा राखिएको हो।
“पहिरोग्रस्त क्षेत्र नजिकै राम्चे पर्छ, पानी पनि परिरहेको छ यहीबेला भूकम्पले जमिन नराम्ररी हल्लायो”, सीडीओ ढकालले देखापढीसँग भने, “जमिन हल्लिएपछि पहिरोको जोखिम बढेको छ। जिल्लाका सबै सुरक्षा निकायलाई कहीँ कतै विपद् आइलागे तुरुन्त उद्धार कार्यमा खटाउने गरी तयारी अवस्थामा राखेका छौं।”
भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म केही विवरण नआएको उनले जानकारी दिए।
बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दू बनाएर ६ म्याग्निच्युटको भूकम्प गएको थियो। राजधानी काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो। मानिसहरू घरबाहिर निस्केका थिए।
" /> काठमाडौं। पटकपटकको बाढीपहिरोले थिलथिलो बनेको सिन्धुपाल्चोक आज बिहानको भूकम्पको केन्द्रविन्दुसमेत परेपछि पहिरोको जोखिम थपिएको भन्दै सतर्कता बढाइएको छ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भूकम्पपछि पहिरोको सम्भावना झन बढेकोले सुरक्षा निकायलाई अलर्ट गरिएको बताए।

">