काठमाडौंं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धारमा सरकार संवेदनशील भएर लागि परेको बताएका छन्।

उनले वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अलपत्र नेपाली ल्याउन सरकार लागि परेको बताएका हुन्।

“कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार सम्बन्धि निर्देशिकामा देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा सम्बन्धीत कुटनीतिक नियोग तथा राजदूतहरुसँग परामर्श लिइरहेका छौं,” उनले भने।

परामर्श तथा सुझावलाई मनन् गर्दै निर्देशिकामाथि पुनरावलोकन गर्न सकिने उनको भनाई छ। मन्त्रीयादबले श्रमस्वीकृति लिई गएका सबैलाई कोषको रकमबाट उद्धार गरिने जानकारी दिए।

त्यसैगरी मन्त्री यादवले विदेशबाट उद्धार गर्ने कामदारको कोटा नतोकी एक महिना भित्र समस्यामा परेका सबैको उद्धार गरि स्वदेश फर्काउने बताए।

वैदेशिक रोजगारीमा सुरक्षित गन्तव्य मुलुकको खोजि गरिरहेको भन्दै मन्त्री यादवले कोरिया, जापान लगायत सुरक्षित गन्तव्य मुलुकहरुमा रोजगारीका अवसर बढाउने तयारी भइरहेको उल्लेख गरे।

त्यसैगरी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फर्कन दूतावासमा २० हजार श्रमिकले आवेदन दिएकोमा १० हजार फर्किसकेको र अन्य स्वदेश फर्कने पर्खाइमा रहेको बताए।

कोरोनाका कारण समस्यामा परेका बेखर्ची श्रमिकहरुलाई स्वदेश फर्काउन तयार गरिएको निर्देशिकाले ठूलो संख्यामा समस्या परेकाहरुलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ।

“मलेसियाबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी मात्र २ जना बेखर्ची श्रमिकहरुलाई मात्रै फर्काइएको छ,” उनले भने।

" /> काठमाडौंं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धारमा सरकार संवेदनशील भएर लागि परेको बताएका छन्।

उनले वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अलपत्र नेपाली ल्याउन सरकार लागि परेको बताएका हुन्।

“कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार सम्बन्धि निर्देशिकामा देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा सम्बन्धीत कुटनीतिक नियोग तथा राजदूतहरुसँग परामर्श लिइरहेका छौं,” उनले भने।

परामर्श तथा सुझावलाई मनन् गर्दै निर्देशिकामाथि पुनरावलोकन गर्न सकिने उनको भनाई छ। मन्त्रीयादबले श्रमस्वीकृति लिई गएका सबैलाई कोषको रकमबाट उद्धार गरिने जानकारी दिए।

त्यसैगरी मन्त्री यादवले विदेशबाट उद्धार गर्ने कामदारको कोटा नतोकी एक महिना भित्र समस्यामा परेका सबैको उद्धार गरि स्वदेश फर्काउने बताए।

वैदेशिक रोजगारीमा सुरक्षित गन्तव्य मुलुकको खोजि गरिरहेको भन्दै मन्त्री यादवले कोरिया, जापान लगायत सुरक्षित गन्तव्य मुलुकहरुमा रोजगारीका अवसर बढाउने तयारी भइरहेको उल्लेख गरे।

त्यसैगरी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फर्कन दूतावासमा २० हजार श्रमिकले आवेदन दिएकोमा १० हजार फर्किसकेको र अन्य स्वदेश फर्कने पर्खाइमा रहेको बताए।

कोरोनाका कारण समस्यामा परेका बेखर्ची श्रमिकहरुलाई स्वदेश फर्काउन तयार गरिएको निर्देशिकाले ठूलो संख्यामा समस्या परेकाहरुलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ।

“मलेसियाबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी मात्र २ जना बेखर्ची श्रमिकहरुलाई मात्रै फर्काइएको छ,” उनले भने।

"> एक महिनाभित्र विदेशमा अलपत्र सबै कामदार ल्याइन्छ: श्रममन्त्री यादव: Dekhapadhi
एक महिनाभित्र विदेशमा अलपत्र सबै कामदार ल्याइन्छ: श्रममन्त्री यादव
काठमाडौंं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धारमा सरकार संवेदनशील भएर लागि परेको बताएका छन्।

उनले वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अलपत्र नेपाली ल्याउन सरकार लागि परेको बताएका हुन्।

“कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार सम्बन्धि निर्देशिकामा देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा सम्बन्धीत कुटनीतिक नियोग तथा राजदूतहरुसँग परामर्श लिइरहेका छौं,” उनले भने।

परामर्श तथा सुझावलाई मनन् गर्दै निर्देशिकामाथि पुनरावलोकन गर्न सकिने उनको भनाई छ। मन्त्रीयादबले श्रमस्वीकृति लिई गएका सबैलाई कोषको रकमबाट उद्धार गरिने जानकारी दिए।

त्यसैगरी मन्त्री यादवले विदेशबाट उद्धार गर्ने कामदारको कोटा नतोकी एक महिना भित्र समस्यामा परेका सबैको उद्धार गरि स्वदेश फर्काउने बताए।

वैदेशिक रोजगारीमा सुरक्षित गन्तव्य मुलुकको खोजि गरिरहेको भन्दै मन्त्री यादवले कोरिया, जापान लगायत सुरक्षित गन्तव्य मुलुकहरुमा रोजगारीका अवसर बढाउने तयारी भइरहेको उल्लेख गरे।

त्यसैगरी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फर्कन दूतावासमा २० हजार श्रमिकले आवेदन दिएकोमा १० हजार फर्किसकेको र अन्य स्वदेश फर्कने पर्खाइमा रहेको बताए।

कोरोनाका कारण समस्यामा परेका बेखर्ची श्रमिकहरुलाई स्वदेश फर्काउन तयार गरिएको निर्देशिकाले ठूलो संख्यामा समस्या परेकाहरुलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ।

“मलेसियाबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी मात्र २ जना बेखर्ची श्रमिकहरुलाई मात्रै फर्काइएको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्