चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय धर्म प्रसाद राय चौधरीको चट्याङ लागेर मंगलबार मृत्यु भएको छ।

सोही ठाउँस्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीसँगै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझीको सोही पोली क्लिनिकमा उपचार भइरहेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-६ रामगञ्ज सिनवारी बस्ने रञ्जित पासवानकी छोरी १३ वर्षीया सुष्मा पासवानको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ।

खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्