१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपी तीन जना पक्राउ <p>ओखलढुङगा।&nbsp;१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p>गत बुधबार बेलुका ती किशोरीलाई&nbsp;सडक छेउको कोदो बारीमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि&nbsp;प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्