तास खेलिरहेको अवस्थामा सात जना पक्राउ <p>बैतडी। पाटन नगरपालिका-८ खोड्पे बजार बस्ने ३० वर्षीय मनोज प्रसाद भट्टको तृप्ती होटलमा तास खेलिरहेको अवस्थामा भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ९ सय रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्