गाँजा सहित दुई जना पक्राउ
सर्लाही। बागमती नगरपालिका-११ स्थित झुलुङे पुलबाट आज करिब २ किलो ८ सय ५० ग्राम गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ बस्ने २३ वर्षीय सुवास जिम्बा छन्।

सिन्धुलीबाट सर्लाही पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी सर्लाहीकै बागमती नगरपालिका-१ स्थित पेट्रोल पम्प नजिकबाट करिब ३ किलो ३ सय गाँजा सहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ बस्ने अन्तरे भन्ने २७ वर्षीय बुद्धिमान गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सिन्धुलीबाट सर्लाहीतर्फ पैदल आउँदै गरेको उनलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्