घर भाडा छुट गर्ने घरधनीलाई करमा छुट दिने निर्णय <p>कैलाली। धनगढी उपमहानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको छ।</p> <p>घरधनीलाई राहत पुगोस भनेर उपमहानगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले बताए।</p> <p>उनले सरकारले २०७६ चैत ११ गते देखि जेठ मसान्त सम्म कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलिन नदिन लकडाउन गरेको बताउँदै लकडाउनको अवधिमा नगरपालिका भित्रका घरभाडामा छुटदिने घरधनीलाई नगरपालिकाले बहाल करमा छुट दिने बताए।</p> <p>धनगढी उपमहानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल करमा छुट दिने निर्णय भएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्