दिनेश सञ्चार गृहमै पुगेर पत्रकार कुट्ने एक जना पक्राउ
कैलाली। दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका-५ जाईबाट कुटपिटमा संलग्न सरोज थापालाई पक्राउ गरेको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले थापालाई जाईस्थित आफ्नै घरबाटै पक्राउ गरिएको जानकारी दिए। उनले आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको बताए।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह-सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको गर्न कैलालीका पत्रकारले निरन्तर खबरदारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्