काठमाडौं। देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्। बर्दिया, कास्की, नवलपरासी (पूर्व), चितवन र झापामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बर्दियाको गुलरिया नगरपालिका-८ पशुहाट बजार नजिकै भादा नदीमा बादबर्दिया नगरपालिका-१ बस्ने २२ वर्षीय बिनोद चौधरी मृत भेटिएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ कालिकाथान ओखलेको पधेरोस्थित खोंचमा सोही ठाउँ बस्ने २९ वर्षीय बृहस्पती भन्ने बिनोद अधिकारी मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका-१ नारायणी नदी नजिकै खोल्सा र चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदी किनारमा अन्दाजी ३२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको छ।
झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित अदुवा खोलाको किनारामा सोही ठाउँ बस्ने ५९ वर्षीय गोबिन्द लिम्बू मृत भेटिएका छन्।
आइतबार बिहान घरबाट गाईबस्तु सार्न गएका उनलाई खोलाले बगाई बेपता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घेराबारीबाट खटिएको टोलीले खोजी गर्ने क्रममा खोला किनारमा हिजो शव फेला परेको हो।
प्रहरीका अनुसार सबै घटनाहरूको अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्। बर्दिया, कास्की, नवलपरासी (पूर्व), चितवन र झापामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ कालिकाथान ओखलेको पधेरोस्थित खोंचमा सोही ठाउँ बस्ने २९ वर्षीय बृहस्पती भन्ने बिनोद अधिकारी मृत अवस्थामा फेला परेका छन्।

">