बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
<p>कास्की। १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको आराेपमा पोखरा महानगरपालिका-७, चोरसाँघु बस्ने ५२ वर्षीय टीकाबहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। </p>
<p>बालिकाको घरमा कोही नभएको अवस्थामा टीकाबहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
