रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार, सामान्य हिँडडुल गर्न थाले
बर्लिन। रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ।

जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उनी अस्पतालको शय्याबाट उठेर सामान्य हिँडडुल गर्न थालेका छन्।

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ।

गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो।

जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ। रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ।

च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ। छोटो अवधिका लागि उहाँ अस्पतालको शय्याबाट यताउता हिँडडुल गर्न सक्ने हुनु भएको छ।”

रसियाका विदेश मन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरूले अघि सारेको आरोप लगाएका छन्।

उनले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत भएका नाभाल्नीलाई बचाउन विमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताए।

उनले चिकित्सकहरूले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पनि पर्न सक्ने बताए।

उनले भने, “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरूको तत्काल प्रतिक्रिया निकै सराहनीय छ। रुसी अनुसन्धानकर्ताहरूले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन्।” रासस–एपी

प्रतिक्रिया दिनुहोस्