चितवन। जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवर्द्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ।
माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो।
सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ। जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो।
उनीहरूका घरमा चार कोठा हुने छन्, जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।
१० वटा घर अन्तिम चरणमा पुगेको छ। गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम सुरु भएको छ।
अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ। निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो।
ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ।
घर निर्माणका लागि बागमती प्रदेशले एउटा घरको तीन लाख र माडी नगरपालिकाले एक लाख ५० हजार रूपैयाँ घरधनीलाई सहयोग गरेको छ।
बाँकी श्रमदान आफैंले गर्नुपर्ने हुन्छ।
गायकले भने, “उहाँहरूलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ।”
यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए।
कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उनको भनाइ छ।
सोही क्षेत्रमा ५० लाख रूपैयाँको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ। रासस
" /> चितवन। जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवर्द्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ।माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो।

">