तस्वीरः एपी।
पोर्चुगलको जंगलमा भीषण आगलागी, एक हजार अग्निनियन्त्रक खटाइए
पोर्चुगल। मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भीषण आगलागी सुरु भएको छ।

आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने विमानहरू परिचालन गरिएको पोर्चुगलका अधिकारीहरूले बताएका छन्।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ।

स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए।

सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ।

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ।

कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ। तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो। रासस–एपी

प्रतिक्रिया दिनुहोस्