ढोरपाटनका बाढी प्रभावितलाई सोलार <p>बागलुङ।&nbsp;ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ।</p> <p>सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ-१ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठककाे पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३२, ढोरपाटन दैनिकले १५, कुलायन ब्याट्री इन्डष्ट्रिज र टपसन इनर्जी प्रालिले १०/१० थान सोलार उपलब्ध गराएका हुन्।&nbsp;</p> <p>क्वालिटी रिन्युएवल इनर्जी, एक्सन एक्टिभ इनर्जी, सनवे इनर्जी, ब्राइट भिजन इनर्जी, सिआरसी नेपाल, सफा ऊर्जा, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट, स्काइ इनर्जी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी र स्मार्ट सोलार कम्पनीले पाँच/पाँच थान सोलार सहयोग गरेका हुन्।</p> <p>यस्तै ज्योति इनर्जी र सौर्य इनर्जी प्रालिबाट दुई&divide;दुई थान सोलार सहयोग आएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्