मुग्लिन। पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ। अविरल वर्षासँगै गए राति खसेको पहिरोले चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो।
पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बोलेरो पनि पुरेको स्थानीयवासी चित्रबहादुर गुरुङले बताए। वडा नम्बर ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र शौचालयमा पनि क्षति पुगेको छ। गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
पाँचकिलो बजार नारायणगढ-मुग्लिन सडकखण्डमा पर्दछ। सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ चारकिलो र पाँचकिलो डाँडामा पहिरो खस्दा अहिले नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस
" /> मुग्लिन। पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ। अविरल वर्षासँगै गए राति खसेको पहिरोले चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो।पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बोलेरो पनि पुरेको स्थानीयवासी चित्रबहादुर गुरुङले बताए। वडा नम्बर ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र शौचालयमा पनि क्षति पुगेको छ। गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

">