‘तँ को होस् ?’
उनी झसंग भइन्। आफ्नै घरभित्र, कोही अगाडि उभिएर उनैलाई तँ को होस् भनेर सोधेको थियो। धेरै बेरसम्म नियालिन्। कतै चिने झैं लाग्यो। तर, घरभित्र र त्यो पनि एकाबिहानै प्रवेश गरेर उनैलाई प्रश्न गर्ने हिम्मत कसको होला ?
‘मेरो छोड् तँ भन्, तँ को होस् ? मेरो घरमा कसरी आइपुगिस् ?’ उनले जवाफ दिनु जरुरी नै ठानिनन् र प्रतिप्रश्न गरिन्।
चार वर्षअघि मात्र आफ्नै मन परेको केटासँग बिहे गरेकी थिइन् उनले। उनी भन्ने गर्थिन्, ‘आफ्नो जिन्दगी आफैं बाँच्नुपर्छ कसैको हस्तक्षेपमा होइन।’ आकाशको चरा देखेर हावामा उडे झैं गर्ने उनी विवाहपछिको जिन्दगीमा खुशी थिइन्। छोरी मान्छे उसै पनि जन्म घर त छाड्नै पर्ने, उनले पनि छाडिन्।
छोरा, छोरी बराबरी भन्ने मूलमन्त्र बोकेकी उनले विवाहअघि नै सर्त राखेकी थिइन्, आफ्नो ‘प्रेमी’ र अहिलेको पतिसँग कि ऊ पनि आफ्नो घर छाडेर आउने छ। र, भयो पनि त्यस्तै।
‘यो घर मेरो हो। तँचाहिँ कसरी आइपुगिस् नि मेरो घरमा ?’ उताबाट पनि प्रतिप्रश्न नै आएपछि उनी झस्किइन्।
यो घर त उनकै हो। चार वर्षअघि विवाहको लगनगाँठो कसेर बैंककमा हनिमुन मनाएदेखि यो घरमा उनी र उनको श्रीमान्बाहेक अहिलेसम्म कोही पसेकै छैन। अहँ, उनका बा-आमा र उनको श्रीमान्का बाबु-आमा कसैलाई पनि अनुमति छैन यो घरमा प्रवेश गर्न।
उनले फेरि एकपल्ट नियालेर हेरिन्। फिटिक्कै राम्री लागिनन् ती महिला। आँखा तल कालो पोतो लागेको। अनुहारभरी डन्डीफोरका खत जस्ता। परेली ठडिएका। लत्रिएका काला ओँठ। झसंग भइन्। ‘कतै भूत या किचकन्नी त होइन यो ?’ मनमा कुरा खेलाउन थालिन्। आँखा सीधै पाइतालामा पुगे। पाइताला त सामान्य नै छन्। अहँ पछाडि फर्किएका छैनन्।
अग्लो रुखको बीच भागमा चिबे चरीले बनाएको गुँडजस्तो। कसैको हिम्मत पनि छैन चियाएर हेर्ने। फेरि कसरी कोही घरभित्र पस्यो ? त्यो पनि महिला नै र दाबी गर्दै छे कि यो घर उसैको हो।
उनले त्यो महिलालाई फेरि नियालिन्। कतै सानो हुँदा देखेजस्तो, सँगै खेलेजस्तो तर ठम्याउन सकिनन्।
‘को होस् तँ ? मलाई चिन्छेस् ?’ नाकका पोरा थोरै फुलाइन्।
‘तँलाई मैले किन चिन्नुपर्यो। यो मेरो घर हो। बरु जाने नै भए तँ यहाँबाट जा।’ उल्टै पो थर्काइन् त उनलाई।
कपाल भुत्लाइदिउँ जस्तो लाग्यो। तर, आफूभन्दा अलिक दह्रो र बलियो देखिन्। हिम्मत भएन। ‘पुलिस पो बोलाऊँ कि ?’ यस्तै सोचिन्। अहँ त्यो पनि गर्न मनले मानेन। ‘कतै बूढाको चक्कर चलेको त छैन ?’ श्रीमान्माथि शंका गरिन्।
बिहे गरेदेखि अहिलेसम्म भ्याएजति दिन केलाउन थालिन्। धेरै पल्ट मोबाइलको ‘अनलक कोड’ मागेकी थिइन् उनले श्रीमान्सँग, तर कुनै न कुनै बहानामा टारिएकी थिइन्। त्यस्ता धेरै रातहरू पनि थिए जुन उनले एक्लै बिताएकी थिइन्।
‘पहिले ऊसँगै कुरा गर्छु। केही न केही त हुनुपर्छ यी दुईको बीचमा। नत्र यत्रो हिम्मत कसरी हुन्थ्यो ?’ मनमा यस्तै सोचिन्।
‘धेरै बोल्छेस्, जगल्टा लुछिदिउँ ? निस्किन्छेस् कि पुलिस बोलाऊँ ?’ धम्काउनकै लागि मात्र भए पनि पुलिसको नाम लिइन्।
‘बोला न बोला, तैंलाई लैजान्छन्। चार वर्ष भो हाम्रो बिहे भाको। तँचाहिँ कसरी आइपुगिस् यहाँ ? जाने भए तँ निस्केर जा नत्र म बोलाउँछु पुलिस।’ उताबाट झन् कडा जवाफ आयो। उनी अक्क न बक्क भइन्।

‘के भूत भन्ठानिस् कि क्या हो ? कि किचकन्नी सम्झिस् ?’
ठ्याक्कै उनैले सोचेको कुरा कसरी भन्न सकिन् त ? अहिलेसम्म एक्लै बस्दाको आनन्द लिएकी उनी अब भने डराएको प्रष्टै देखिन्थ्यो।
शंकाको सुइ अब आफ्नै श्रीमान्तिर घुम्न थाल्यो। केही त छ नत्र एउटी महिला त्यो पनि यति नराम्री, कसरी हिम्मत गर्न सक्थी यो घर मेरो हो भन्न ? मोबाइल खोलिन् र उसको फेसबुकका फोटाहरूमा बिजुलीको गतिमा नजर घुमाइन्। अहँ त्यो महिलासँगको फोटो त कतै छैन !
‘म र ऊ बसेजस्तै कतै अर्को बिहे गरेर अर्कै घरमा त बसेको छैन हँ ? र, आज यो घर पत्ता लगाएर आएकी त होइन ?’ मनमा नानाथरी कुरा खेल्न थाले। बिस्तारै आफ्नो ह्यान्डसम श्रीमान् पनि कुरूप हुँदै गयो।
‘धेरै नबोल्। अब फोन गरेर बोलाउँछु उसलाई अनि थाहा पाउँछेस्,’ धम्काउन भने छाडिनन्।
‘बोलाइहाल् न अहिले नै। दूधको दूध पानीको पानी छुट्टिहाल्छ नि।’ अहँ डराउने कुरै छैन। निर्धक्क जवाफ आउँछ उताबाट।
उनको श्रीमान्ले जोडले एक मुड्की हान्यो। ठूलो ऐना ठूलै आवाज निकालेर टुक्राटुक्रा भयो। टुक्राले अलिकति उसको हात काट्यो। रगत लत्पतिएकै हातले श्रीमतीलाई अँगालो हाल्यो र भन्यो- त्यहाँ कोही थिएन। त्यो त ऐना हो। सायद तिमीले धेरैपछि आफूले आफूलाई देख्यौ। र, आफूसँगै डरायौ।
मोबाइल फोनमा श्रीमान्को नम्बर डायल गरिन्। नम्बर व्यस्त छ। पहिले कहिल्यै शंका नगरेकी उनलाई अब हरेक कुरामा शंका र डर लाग्न थाल्यो। ‘हामी दुईजनालाई लडाएर आफैं कतै तेस्रीसँग त छैन ?’ शंकाले पूरै ढाक्यो। ऊ आएपछि त हिसाबकिताब होला नै, तर यो सौता बन्न आएकीलाई पो के गर्ने ?
‘तिमी खास को हौ भन त मलाई ?’ अलिक नरम भएर तिमी भनिन्। सायद रिसभन्दा समझदारीमै पो सहज हुन्छ कि।
‘जसलाई तिमी आफ्नो पति भन्छौ नि म उसको श्रीमती हुँ,’ निर्धक्क जवाफ आयो उताबाट।
‘तिमी उसको श्रीमती भए म को हुँ त ?’ आँखा ठूला पारेर सोधिन्।
‘तिमी को हौ, त्यससँग मलाई मतलब छैन। म को हुँ, त्यो मेरो सरोकारको विषय हो,’ मुसुक्क हाँसो मिसियो उता।
‘तिमी उसको श्रीमती भए, मलाई घरबाट जा किन भन्दैनौ त ?’ उनी भुलाउन खोज्दै थिइन्। प्रयास जारी थियो फोन लगाउन। तर, उताबाट व्यस्तको सन्देश मात्र आइरहेको थियो।
‘म कसैलाई जा र आइज भन्न आएको होइन। यो मेरो घर हो र म यहाँ बस्छु, खान्छु, नाच्छु मन लागेको गर्छु। यदि मेरो श्रीमान्लाई तिमी पनि मन पर्छ भने मेरो भन्नु केही छैन,’ उताबाट अलिक नरम जवाफ आयो।
आफूलाई त श्रीमान्ले कसैसँग बोल्यो भने पनि रिस उठ्छ। श्रीमती हुँ भन्छे तर फेरि मलाई मतलब छैन भन्छे। उनले केही सोच्नै सकिनन्। सौता पो हो कि ? खुट्टा काँप्न थाले उनका। उता उसको फोन भने व्यस्तै छ।
केही सोच्न नसकेपछि फोनमा सन्देश पठाइन्- घरमा कोही हेर्दै भूतजस्ती नराम्री आइमाई पसेर तपाईंलाई मेरो श्रीमान् हो भनेर मसँग लड्दै छे, तुरुन्तै घर आउनुस्।
सन्देश पठाएपछि फेरि फोन लगाइन्। अझै पनि व्यस्त छ। रिसले फोनलाई भित्तामा बजारिन्। फोन भुइँभरि छरियो। उनको रिसको पारो फेरि उकालो लाग्यो।
‘अनुहार हेरेकी छस् तेरो ? मुजा परेका गाला, कलेटी परेका ओँठ, कालो घेराले ढाकेको आँखा! तँ जस्तालाई त फुटेको आँखाले पनि हेर्नुहुन्न होला उहाँले त। अझै सौता पो बन्न खोज्छे त ?’ दाह्रा किटेर हान्नै खोजिन् उनले।
‘सुन्दरता मनमा हुन्छ नानी, अनुहारमा होइन। राम्रो त व्यवहारले र कर्मले हुने हो। आफ्नो बाबु-आमा, सासु-ससुरा छाडेर मोज गर्न आएकी होइन तँ ? अझै मलाई सिकाउँछे ?’ उताबाट पनि दाह्रै किटेर जवाफ आयो।
‘मेरो जिन्दगी, मेरो मर्जी तँलाई के मतलब ?’ उनी पनि के कम।
रिसले फेरि गति लिन थाल्यो। सोचिन् जेसुकै होस् यसलाई अब धपाउनै पर्छ। फटाफट भान्सातिर दगुरिन्। सबै भन्दा ठूलो चक्कु बोकिन्। दाह्रा किट्दै आँखा बन्द गरेर जोडले कराइन्। ‘म यसलाई मारिदिन्छु।’
दौडेर ऊ भएको ठाउँमा गइन्। त्यहाँ त उनी भन्दा पहिले नै ती महिला उनलाई आक्रमण गर्न दाह्रा किटेर बसेकी थिइन्।
‘ल आइज अब, कि तँ छैनस्, कि म छैन। टन्टै साफ।’ दाह्रा किटेर चक्कु प्रहार गर्नै लाग्दा ढोकाको घण्टी हतार भए जसरी बज्यो।
उनी दौडिँदै गइन् र ढोका खोलिन्। उनको श्रीमान् आत्तिँदै घरभित्र पसे।
‘खोई को हो त्यो आइमाई कता छ ?’
श्रीमान्लाई समातेर उनी त्यो महिला भएतिर लगिन्। जब त्यहाँ पुगिन् तब जोडले चिच्चाइन्। ‘उ हेर्नुस् त तपाईंको हात समातेर बसेकी छे।’

उनले श्रीमान्लाई जोडले कसिन् र यति मात्र भनिन्- ‘तपाईं र मेरो दुवैका बाबा-आमालाई यतै बोलाऊँ है।’
" /> ‘तँ को होस् ?’उनी झसंग भइन्। आफ्नै घरभित्र, कोही अगाडि उभिएर उनैलाई तँ को होस् भनेर सोधेको थियो। धेरै बेरसम्म नियालिन्। कतै चिने झैं लाग्यो। तर, घरभित्र र त्यो पनि एकाबिहानै प्रवेश गरेर उनैलाई प्रश्न गर्ने हिम्मत कसको होला ?

">