काठमाडौं। भारी वर्षाका कारण केही साना-ठूला नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञानले सर्वसाधारणमा सचेत गराएका छन्।
पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी र आसपास अतिठूलो वर्षा भएको, ईलामको मैनाचुलीलगायत झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यमदेखि ठूलो वर्षा भएको छ।
मेची, विरिङ, निन्दालगायत झापा ,मोरङ सुनसरी भई बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकोले मध्यान्ह १२ बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै गएराति नारायणगढ-मुग्लिङ सडक खण्डको कालीखोला र आसपास अति ठूलो वर्षाका कारण पहिरोको समेत जोखिम रहेकोले यात्रा गर्दा सचेत रहन भनिएको छ।
कास्कीको पोखरा र आसपासमा पनि धेरै पानी परेकोले कास्की भई बहने साना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ। तनहुँ, लमजुङ, स्याङ्जा,बागलुङ, पर्वत भई बहने स-साना नदीमा पनि बाढीको जोखिम रहेकोले तटिय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
" /> काठमाडौं। भारी वर्षाका कारण केही साना-ठूला नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञानले सर्वसाधारणमा सचेत गराएका छन्।पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी र आसपास अतिठूलो वर्षा भएको, ईलामको मैनाचुलीलगायत झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यमदेखि ठूलो वर्षा भएको छ।

">