बर्दिया। बबई नदीमा एकजनाको शव साेमबार फेला परेको छ।
आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
माछा मार्न गएका बेला बबई नदीमा डुबेर उनी बेपत्ता भएका थिए।
यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै अज्ञात छ।
उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। रासस
" /> बर्दिया। बबई नदीमा एकजनाको शव साेमबार फेला परेको छ।आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

">