असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात पुन: सञ्चालन हुने <p>काठमाडौं। आगामी असोज ५ गतेदेखि हवाई उडान सञ्चालन हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले पुन:&nbsp;हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।</p> <p>एक मन्त्रीका अनुसार बैठकले सार्वजनिक यातायात पनि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।</p> <p>तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको ती मन्त्रीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्