प्रदूषित पानी वितरण नगर्न अन्तरिम आदेश
काठमाडौं। उच्च अदालत पोखराले खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न आदेश जारी गरेको छ।

अधिवक्तासमेत रहेकी मीनाकुमारी रानाभाटले संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न/नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग सहित रीट दायर गर्नुभएकामा उच्च अदालतका न्यायाधीशद्धय प्रमोदकुमार श्रेष्ठ बैद्य र विनोदमोहन आचार्यको संयुक्त इजलासले आज संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालतले यथोचित प्रभावकारी व्यवस्थापनको कार्य गर्न विपक्षी खानेपानी संस्थानका नाममा आदेश गरेको हो। त्यसैगरी संस्थानले वितरण गरेको पानी पिउन योग्य छ वा छैन तथा हालै गरिएको प्रयोगशाला परीक्षण सहितको प्रतिवेदन पेशीका दिनमा पेश गर्न भनिएको छ।

संस्थानले उल्लेखित कार्य गरे, नगरेको र खानेपानीको मुहानको अवस्था के कस्तो छ सोको अनुगमन गरी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गर्न र सोको प्रतिवेदन पेशीका दिन पेश गर्न समेत आदेशमा भनिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्