अवैध रूपमा भारत लैजाँदै गरेको १७ लाख बराबरको हरियो मटर बरामद
<p>नवलपरासी। बर्दघाट नगरपालिका-१२ भटौलिया चोकबाट अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब १६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर प्रहरीले बरामद गरेको छ।</p>
<p>उक्त हरियो मटर भारत तर्फ लैजादै गरेका रुपन्देही सियारी गाउँपालिका-८ भन्सार बस्ने २५ वर्षीय बिनोद चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।</p>
<p>ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले ना.४ ख ४६२५ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त हरियो मटर फेला पारी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो।</p>
<p>चौधरीलाई मटर र ट्रक सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
