१० किलो अफिम सहित दुई जना पक्राउ
<p>बाँके। राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागुऔषध अफिमसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धनबहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन्।</p>
<p>उक्त स्थानमा अवैध रूपमा लागुऔषध अफिमको कारोबार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई अफिमसहित फेला पारी पक्राउ गरेको हो।</p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
