नारायणगढ-मुग्लिन सडक अवरुद्ध
<p style="text-align: justify;">चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जाँदा सडक अवरुद्ध भएको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ।</p>
<p style="text-align: justify;">पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए। पहिरो खसेको ठाउँ इच्छाकामना गाउँपालिका-६ अन्तर्गत पर्छ। <em>रासस</em></p>