निषेधाज्ञा तोड्ने ३६४ सवारीसाधनलाई कारबाही
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान निषेधाज्ञा तोड्ने ३६४ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। </p>
<p>निषेधाज्ञा अनुसार आज अत्यावश्यक सेवा बाहेकका विजोर नम्बरका सवारी साधन मात्र चलाउन पाईने भएपनि जोर नम्बरका सवारी साधन चलेपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।</p>
<p>जोर नम्बरका सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ।</p>
<p>आज बिहान नियन्त्रणमा लिई होल्डमा राखिएका सवारीसाधनमा २७२ ओटा दुई पाङग्रे र ९२ ओटा चार पाङग्रे रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
