काठमाडौं। सर्लाहीको बागमती नगरपालिका–९ बाट करिब दुई किलो ५०० ग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सिंह ठकुरी र ५४ वर्षीय राज कुमार ठकुरी रहेका छन्।
इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले मिलनको घरबाट करिब एक किलो ७०० ग्राम गाँजा र राज कुमारको घरमा करिब ८०० ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै झापाको झापा गाउँपालिका-५, राजावस्तीबाट २३ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ प्रहरीले बरामद गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा मे ११ प ८०७५ र मे २ प ७९४ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरू मोटरसाइकल र उक्त पदार्थ छोडेर फरार भएका थिए।
फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सर्लाहीको बागमती नगरपालिका–९ बाट करिब दुई किलो ५०० ग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सिंह ठकुरी र ५४ वर्षीय राज कुमार ठकुरी रहेका छन्।

">