स्याङजा। पुतलीबजार नगरपालिका–७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भीमबहादुर ठकुरीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (बेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (बेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको छ।
ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो।
यसैगरी स्याङजाकै पुतलीबजार नगरपालिका–७ मोहरिया बस्ने ओमबहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८८० ग्राम बारुद, ४८ थान पाते पट्का जस्तो देखिने वस्तु, ८० थान केप र १२ थान छर्रासहित प्रहरीले पक्राउ गरेको छ।
हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।
दुवैजनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
" /> स्याङजा। पुतलीबजार नगरपालिका–७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भीमबहादुर ठकुरीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ।उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (बेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (बेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको छ।

">