काठमाडौं। न्यूयोर्क नगरका पूर्वमेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्। यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ।
आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरूले देखाएका छन्। अझ 'ब्याटलग्राउन्ड' राज्यका रूपमा चिनिने फ्लोरिडामा दुबै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।
अमेरिकामै सबैभन्दा ठूलो राज्यका रूपमा रहेको फ्लोरिडामा विजयी हुन दुवै उम्मेदवारले विशेष ध्यान दिएका छन्। दोस्रो कार्यकालको खोजीमा रहनु भएका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ।
अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन २७० निर्वाचन मण्डल प्राप्त गर्नु पर्नेछ। रिपब्लीकन पार्टीका नेताहरू फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन्। सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लीकन उम्मेदवार विजयी भएका थिए।
रिपब्लीकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न करोडौं रकम खर्चिएको छ। पछिल्ला मतसर्बेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन्। यहाँ डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पछि पर्न थालेका छन्।
अमेरिकी अर्बपति ब्लूमबर्गले गत वर्ष आफैं डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान थालेका थिए।
ब्लूमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौं डलर खर्च गरेका छन्। उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब १ करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन्।
" /> काठमाडौं। न्यूयोर्क नगरका पूर्वमेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्। यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ।आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरूले देखाएका छन्। अझ 'ब्याटलग्राउन्ड' राज्यका रूपमा चिनिने फ्लोरिडामा दुबै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।

">