काठमाडौं। सुरक्षित शहरको परिकल्पना गर्दै अमेरिकामा १९ परिवार अश्वेतले ९७ हेक्टर जग्गा किनेका छन्। यो स्थानको प्रयोग अश्वेत परिवारलाई सुरक्षित ठेगाना दिन गरिने छ।
पछिल्लो समय अमेरिकामा नश्लीय विभेद बढ्दो छ। त्यसका विरुद्ध शुरू गरिएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन जारी छ। कुनै-कुनै बखत त त्यो आन्दोलनले आक्रामक रूप पनि लिएको छ। अमेरिकी प्रहरीले जर्ज फ्लोयड नामका एक अश्वेतलाई सडकमा घाँटी थिचेर मारेका घटना अझै सेलाएको छैन। त्यस घटनापछि अमेरिकामा अश्वेतहरु असुरक्षित रहेको महशुस गर्न थालेका छन्।
स्वतन्त्रता, मानवअधिकार, व्यत्तिगत हकको रक्षालगायतका सवालमा अग्रणी मानिएको अमेरिका नै पछिल्लो समय अल्पसंख्यकका लागि असुरक्षित बन्दै आएको छ। यही कारण अश्वेत मानिसहरुको उक्त समूहले आफ्ना लागि बेग्लै शहर बसाउने परिकल्पना गर्दै जग्गा खरिद गरेको हो।
रियल इस्टेट एजेन्ट एस्ली स्कट र उनको लगानीकर्ता साथी रेने वाल्टर्स मिलेर उक्त जग्गा किनेका हुन्। त्यसलाई उनीहरूले ‘फ्रिडम जर्जिया इनिसियटिभ’ नाम दिएका छन्। ती दुवैको उद्देश्य अश्वेतको सुरक्षा हो। त्यहाँ कृषि, व्यवसाय पनि गरिने छ र सबैजना मिलेर अघि बढ्ने छन्।
त्यसलाई उनीहरूले एक अभियान नै भनेका छन्, जसमा अश्वेत परिवारको एउटा छुट्टै शहर बन्न सकोस् भन्ने उनीहरूको चाहना रहेको छ। शहरको नाम ‘फ्रिडम’ रहने छ।
किन अश्वेतका लागि मात्रै बेग्लै शहर बनाउनु पर्यो भन्ने प्रश्न पनि उठिरहेको छ। त्यसमा दुवैजनाले केवल अश्वेतका लागि सहर बनाउन गाह्रो रहेको स्वीकार गरेका छन्। स्कट भन्छन्, ‘‘हामी अश्वेत भएकै कारण सहिष्णु र विविध पनि छौं। त्यसकारण हामी चाहँदैनौं कि केवल अश्वेतका लागि केही बेग्लै होस्, तर हामी चाहन्छौं- अश्वेतलाई हरेक कोणबाट अगाडि बढाइयोस्।’’
(एजेन्सी)
" /> काठमाडौं। सुरक्षित शहरको परिकल्पना गर्दै अमेरिकामा १९ परिवार अश्वेतले ९७ हेक्टर जग्गा किनेका छन्। यो स्थानको प्रयोग अश्वेत परिवारलाई सुरक्षित ठेगाना दिन गरिने छ।पछिल्लो समय अमेरिकामा नश्लीय विभेद बढ्दो छ। त्यसका विरुद्ध शुरू गरिएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन जारी छ। कुनै-कुनै बखत त त्यो आन्दोलनले आक्रामक रूप पनि लिएको छ। अमेरिकी प्रहरीले जर्ज फ्लोयड नामका एक अश्वेतलाई सडकमा घाँटी थिचेर मारेका घटना अझै सेलाएको छैन। त्यस घटनापछि अमेरिकामा अश्वेतहरु असुरक्षित रहेको महशुस गर्न थालेका छन्।

">