बागलुङमा पहिरोले पाँच घर पुर्याे, एक बेपत्ता

बागलुङ। अविरल वर्षापछिकाे पहिरोले बागलुङको जैमिनी नगरपालिका-१, कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन्।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन्।

परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको प्रहरीले बताएको छ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्