हुम्ला। काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लावासीले आगलागीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
यही भदौ १७ गते सर्केगाड गाउँपालिका-७, वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका ६ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई उनीहरूले एक लाख तीन हजार ५०० रूपैयाँ आर्थिक सहयोग गरेका हुन्।
आगलागीपीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा सहयाेग वितरण गरिएको हो।
आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका ६ घरपरिवारलाई जनही १० हजार र आंशिक क्षति हुने ६ घरपरिवारलाई जनही ६ हजार ५०० प्रदान गरिएको हो।
ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयले कैलाश व्यापार संघ गठन गरेको र सो संघका उपाध्यक्ष लामु लामामार्फत् सहयोग रकम प्राप्त भएको हो।
लामाले समेत २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिए। रासस
" /> हुम्ला। काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लावासीले आगलागीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।यही भदौ १७ गते सर्केगाड गाउँपालिका-७, वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका ६ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई उनीहरूले एक लाख तीन हजार ५०० रूपैयाँ आर्थिक सहयोग गरेका हुन्।

">