लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डनकी टिया आचार्य सम्मानित भएकी छन्।
उनलाई एनआरएनए युकेले आइतबार प्रशंसापत्रसहित सम्मान गरेको हो। आचार्यले ४० हजार रूपैयाँ नगदसमेत हात पारेकी छन्। सो प्रतियोगितामा २९ देशका ६१ प्रतियोगीले सहभागिता जनाएका थिए।
यसैबीच एनआरएनए युकेले आयोजना गरेको बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएकाे छ। सो प्रतियोगितामा प्रशंसा घिमिरे प्रथम भएकी छन्।
आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् नतिजा र सहभागी बालबालिकाका चित्रहरूको संग्रह ‘कोपिला’ सार्वजनिक गरिएको छ।
प्रतियोगिताअन्तर्गत माध्यमिक तहमा प्रथम स्थान चितवनकी प्रशंसा घिमिरेले जितिन् भने दोस्राे स्थान सुरक्षा खरेल, तृतीय वसन्त कंडेल र चौथो स्थान सुरज खरेलले प्राप्त गरे।
त्यसैगरी प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोस्राे अनुष्का मानन्धर, तेस्राे रक्षा आचार्य र चौथो स्वीकृति आचार्य भए।
प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए। इभा सापकोटाले निर्णायकहरूका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन्।
" /> लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डनकी टिया आचार्य सम्मानित भएकी छन्।उनलाई एनआरएनए युकेले आइतबार प्रशंसापत्रसहित सम्मान गरेको हो। आचार्यले ४० हजार रूपैयाँ नगदसमेत हात पारेकी छन्। सो प्रतियोगितामा २९ देशका ६१ प्रतियोगीले सहभागिता जनाएका थिए।

">